Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चट्याङ लागेर महिलाको मृत्यु, दुर्घटनामा पुरुषको घटनास्थलमै मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २७ २०७८, आइतबार
चट्याङ लागेर महिलाको मृत्यु, दुर्घटनामा पुरुषको घटनास्थलमै मृत्यु

विराटनगरः झापाको गौरादह नगरपालिका–५ स्थितमा चट्याङले लागि एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० वर्षीया मनमाया थापा रहेकी छिन् । आइतबार दिउँसो १ः०० बजे घरनजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागि घाइते भएकी थापालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यस्तै, पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको ना२ख ८३१६ नम्बरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिइ चालक पाँचथर फालेलुङ गाउँपालिका–१ का २७ वर्षीय प्रेमकुमार गौलीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटी ट्रकलाई जेसिवीको सहयोगमा उठाई मृतक लाशको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको हो ।

प्रकाशित मिति: चैत्र २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend