Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकको ठक्करले युवाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २८ २०७८, सोमबार
ट्रकको ठक्करले युवाको मृत्यु

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका-२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा१५प ८२०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते बजगाईँको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्ररही प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend