खोटाङः बसको छटमा चढेर सामान झार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका–७ स्थितमा विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको हो ।
उदयपुरबाट खोटाङको दिलैची मात्तिमबिर्तातर्फ जाँदै गरेको ना३ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको सामान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउपालिका–४ का २६ वर्षीय प्रताप खड्काले विद्युतको नाङ्गोतारमा छुन पुगी करेण्ट लागेको थियो ।
तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुरयाउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।