Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१४ केजी गाँजासहित एकजना समातिए

हाम्रो कोशी आवाज
चैत्र २९ २०७८, मंगलबार
१४ केजी गाँजासहित एकजना समातिए

विराटनगरः मोरङको जहदा गाउँपालिका–१ लंकाटोलबाट अवैध लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३२ वर्षीय मुन्ना मल्लाह रहेका छन् । अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट लुकाइछिपाई भारततर्फ लाँदै गरेको १४ केजी गाँजा बरामद गरेको हो । गाँजासहित पक्राउ परेका मल्लाहलाई इलाका प्रहरी कार्यालय रानीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend