Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयरको टिकट नपाएपछि रुवाबासी, जसले रुँदै एमाले छाडे

हाम्रो कोशी आवाज
चैत्र २९ २०७८, मंगलबार
मेयरको टिकट नपाएपछि रुवाबासी, जसले रुँदै एमाले छाडे

बिर्तामोडः झापाको मेची नगरपालिकाका एमाले नेता डिल्लीराम घिमिरेले रुँदै पार्टी छाडेको घोषणा गरेका छन्। आफूलाई जिम्मेवार दिन आनाकानी गरेको भन्दै उनले सामाजिक सञ्जालमा रुँदै पार्टीबाट अलग्गिएको भिडियो पोष्ट गरेका हुन्।
उनी भन्छन्, ‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक ममाथि भएको अन्याय सहन सकिनँ। एउटैलाई थपिथपि जिम्मेवारी र अरुलाई औसरबाट बञ्चित गर्ने चरम गुटबन्दीका नाइकेहरुसँग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमाले छाडेको छु।’
उनले कसैलाई थोपरी-थोपरी अवसर दिने तर, कसैलाई पर राख्ने स्थानीय नेतृत्वबाट भएको उल्लेख गरेका छन्। २०४० सालदेखि कम्युनिस्ट पार्टीमा लागेको आफू २०४७ सालदेखि संगठित सदस्य रहेको घिमिरे बताउँछन्।
‘पार्टी छाड्न पर्दा दु:खी छु। आँखाबाट आँशु बगेका छन्। म भोलिका दिनमा समाजका निम्ति फेरि पनि सक्रियतापूर्वक क्रियाशील हुनेछु। स्वतन्त्र वामपन्थीका रुपमा छु,’ उनको भनाइ छ।
काँकडभिट्टा निवासी घिमिरे एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नम्बर १ समन्वय कमिटीका संयोजक हुन्। उनलाई पार्टीले तत्कालीन काँकडभिट्टा गाविस अध्यक्ष बनाइसकेको छ।

प्रकाशित मिति: चैत्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend