Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा एमबिबिएस पढ्ने विद्यार्थी मान्छेको टाउको भारत कटाउन लाग्दा समातिए

हाम्रो कोशी आवाज
चैत्र २९ २०७८, मंगलबार
धरानको बीपी प्रतिष्ठानमा एमबिबिएस पढ्ने विद्यार्थी मान्छेको टाउको भारत कटाउन लाग्दा समातिए

विराटनगरः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्दै आएका एक छात्र मानवको टाउको, हड्डीलगायतका सामग्रीसहित पक्राउ परेका छन् ।
एमबीबीएस अध्ययनरत् विद्यार्थी रानी नाकाबाट पक्राउ परेका हुन् । प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत् उनी भारतको रहेको खुलेको छ । २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् । उनको घर भारतको विहार प्रदेशस्थित पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायत रहेको पाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले जानकारी दिए ।
सिन्हा रिक्सामा विभिन्न सामग्रीका साथै एउटा कार्टुनसहित भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको उनले जानकारी दिए ।
कार्टुनबाट मानवको टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको ८–८ वटा हड्डी, घाँटी, हिप र बंगाराको १–१ वटा हड्डी बरामद भएको उनले बताए । सिन्हाले भने एमबीबीएस अध्ययन पूरा हुने समय भएकाले अध्ययनका लागि यसअघि एमबीबीएस गरेका साथीहरुले दिएको मानव टाउको र हड्डी लिएर घर जाँदै गरेको बताएका छन् ।

प्रकाशित मिति: चैत्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend