Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लेटाङ घटनामा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पेटमा गोली !

हाम्रो कोशी आवाज
चैत्र २९ २०७८, मंगलबार
लेटाङ घटनामा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पेटमा गोली !

विराटनगरः मोरङको लेटाङ घटनामा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पेटबाट गोली फेला परेको छ । पोस्टमार्टमका क्रममा उनको पेटमा गोली फेला परेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख रामहरि काफ्लेले पोष्टमार्टम रिपोर्टमा उर्मिलाको पेटमा गोली भेटिएको विषय उल्लेख रहेको जानकारी दिए । सो विषयमा जिल्ला सरकारी बकिलको कार्यालयले महान्यायाधीवक्ता कार्यालयलाई पनि जानकारी गराएको छ ।
मोरङको लेटाङमा गत चैत ६ गते प्रहरी र सर्वसाधारणका बीचमा झडप हुँदा महिला प्रहरी श्रेष्ठको ज्यान गएको थियो। भिडमा कसैले धारिलो हतियार प्रयोग गरेको भनिएपनि पोस्टमार्टम रिपार्टमा गोली लागेर मृत्यु भएको देखिएको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आमर्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर गर्न तयार गरिएको अभियोग पत्रमा उल्लेख छ ।
श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । लेटाङ–५ को शिक्षा विकास माविका एक १४ वर्षीया छात्रालाई शिक्षकले दुव्र्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा जवान श्रेष्ठको मृत्यु भएको थियो ।

‘पोस्टमार्टम रिर्पोटमा मृत्युको कारण गोली भनिएको छ । प्रहरीकै गोली लागेको हुनसक्ने आशंकामा जाँच गरिएको थियो, तर मेल खाएन,’ जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा भनिएको छ, ‘गोली कसले हानेको कसैको बयानमा खुल्दैन ।’
झडपका क्रममा रगताम्य अवस्थामा फेला परेकी श्रेष्ठलाई उद्धार गरी कोशी अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो ।
प्रहरीले यसअघि भिडमा रहेका कसैले धारिलो हतियार प्रहार गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुमान गरेको थियो । महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन ।

प्रहरीले घटनामा ६३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
पक्राउ परेकामध्ये एक बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरेको छ । घटनामा संलग्न ६ जना नाबालकमध्ये पाँच जनाले अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई अभद्र व्यवहार मुद्दा चलाएर प्रहरीले १४ वर्षीय नाबालकलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा दायर गरेको थियो । घटनामा ती व्यक्ति संलग्न भएको प्रहरीले पुष्टि गर्दै आजीवन कैदको माग गर्दै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरे पनि उनी नाबालक भएकाले अविभावकको जिम्मा लगाउने अदालतले आदेश दिएको जनाइएको छ ।

प्रकाशित मिति: चैत्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend