Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भारत तस्करी हुन लागेको एक क्वीन्टल बढी गाँजा बरामद, चालक फरार

हाम्रो कोशी आवाज
बैशाख १ २०७९, बिहिबार
भारत तस्करी हुन लागेको एक क्वीन्टल बढी गाँजा बरामद, चालक फरार

विराटनगरः भारततर्फ तस्करीका लागि गाँजा लिएर हिँडेको पिकअप भ्यान प्रहरीले पक्राउ गरको छ । भ्यानका चालक भने अहिले फरार छन् ।
भ्यानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भ्यानभित्र तस्करी हुन लागेको ठूलो परिणाममा लागुऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को१च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
बोराभित्र हालेर सबैभन्दा तल गाँजा र अदुवा राख्दै माथिबाट धानको भुसले छोपेको अवस्थामा पिकअपलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । चेकजाँच गर्न खोज्दा चालक भने गाडी छाडेर फरार भएका छन् । फरार चालकको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend