Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ वर्षमा भेडेटार र तीनजुरे क्षेत्र भरिभराउ

हाम्रो कोशी आवाज
बैशाख २ २०७९, शुक्रबार
नयाँ वर्षमा भेडेटार र तीनजुरे क्षेत्र भरिभराउ

धरानः कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रमा नयाँ वषसँगै उमङ्ग ल्याइदिएको छ ।
नयाँ वर्ष २०७९ को पहिलो दिन प्रदेश १ का विभिन्न जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ छन् ।
विभिन्न पर्यटकीय गतिविधि गर्न रुचाउने, नयाँ वर्षमा घुम्न चाहने र पारिवारसहित रमाउनेको संख्या बढेकै कारण पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भएका हुन् । भेडेटारमा गर्मी छल्न हजारौं पर्यटक आएका थिए ।
नयाँ वर्षको पहिलोदिन धनकुटाको भेडेटार, नाम्जे खचाखच बनेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए । भेडेटारमा सञ्चालित सानादेखि स्तरीय सबै होटेल दुई दिनयता भरिभराउ रहेको उनले जानकारी दिए ।
दुई दिनदेखि प्रदेश १ कै प्रमुख पर्यटकीयस्थल भेडेटारमा सञ्चालित होटेल भरिभराउ रहेको उनले जानकारी दिए । भेडेटार बजारदेखि आधा घण्टाको दूरीमा अवस्थित नमस्ते (सिम्सुवा) झरना, नाम्जेमा पनि उत्तिकै पर्यटक थपिएको उनले बताए । गर्मी मौसम सुरु भएसँगै यस क्षेत्रमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको भीड देखिने गरेको उनको भनाइ छ ।
यस्तै, तेह्रथुमको तीनजुरे–मिल्के–जलजले क्षेत्रमा लाली गुराँस हेर्न जाने आन्तरिक पर्यटक पनि उत्तिकै रहेका थिए । भारतका विभिन्न स्थानदेखि पनि पर्यटक त्यहाँ पुगेको स्थानीयबासीले बताएका छन् ।

तरार्ईका मुख्य बजार इटहरी, विराटनगर, धरानका साथै भारतको सीमावर्ती बजार जोगवनी, सिक्किम, दार्जिलिङ, बिहारबाट हजारौं संख्यामा पर्यटक नयाँ वर्ष मनाउन भेडेटार र गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले पुगेको स्थानीयबासी बताउँछन् । गुराँस फूलले तीनजुरे डाँडा राताम्मे छ । तीनजुरे डाँडामा वनभोज र घुम्न आउनेको संख्या विगत वर्षभन्दा बढी देखिएको बसन्तपुर बजारका स्थानीय वासिन्दा छिरिङ शेर्पाले बताए ।

प्रकाशित मिति: बैशाख २ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend