Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुटपिट गरी श्रीमतीको हत्या, बुबालाई ढुङ्गामा पछारेर हत्या

हाम्रो कोशी आवाज
बैशाख २ २०७९, शुक्रबार
कुटपिट गरी श्रीमतीको हत्या, बुबालाई ढुङ्गामा पछारेर हत्या

विराटनगरः मोरङको जहदामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गरेर ३२ वर्षीया पानो टुडुको हत्या गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । नारायणले मादक पदार्थ सेवन गरेर चैत २९ गते श्रीमतीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी पानोको उपचारका क्रममा बिहीबार राति विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको बेलबारी नगरपालिका–७ मा छोराले बुबाको हत्या गरेको छन् । ३१ वर्षीय बासुदेव कार्कीले बिहीबार दिउँसो आफ्नै बुबा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेका हुन् । अंशमा विवाद हुँदा वासुदेव बुबा आमा र भाइ तीर्थराजसँग जाइ लागेका थिए ।
विवाद बढ्दै जाँदा बासुदेव र उनका भाइ तीर्थराजबीच भएको झगडा छुट्याउन गएका जयबहादुरलाई जेठो छोरा वासुदेवले आँगनको ढुङ्गामा पछारेको पाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर खगेन्द्र धमलाले जानकारी दिए ।
गम्भीर घाइते भएका वृद्ध जयबहादुरको उपचारका क्रममा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले बाबुको हत्यामा संलग्न वासुदेवलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: बैशाख २ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend