धरानः बराहक्षेत्र–८ चकरघट्टीकी गीता तामाङ शनिबार नवदुर्गा अटो प्यालेसमा प्रफुल्ल मुद्रामा भेटिइन् । कारण थियो– उनले सोच्दै नसोचेको कुरा अकस्मात पाउँदा उनी प्रफुल्ल भएकी हुन् ।
उनले नयाँ वर्षमा एउटा स्कुटर किन्ने योजना बनाएकी थिइन् । अन्य स्कुटर भन्दा सुजुकीकै स्कुटर उनलाई पहिलादेखि नै चलाउने रहर थियो । त्यही भएर उनी नवदुर्गामा स्कुटर किन्न पुगेकी थिइन् । स्कुटीको नयाँ मोडल एक्सेस, विएससिक्स, एफआई १२५ सिसीको रोजिन् । सुजुकीको नयाँ वर्षको अफर अनुसार स्क्र्याच कार्ड कोर्दा उनलाई उपचारस्वरुप ५० हजार हात लाग्यो । उनलाई नवदुर्गा अटो प्यालेस धरानका सञ्चालक दुर्गा भुजेलले तत्काल ५० नगद प्रदान गरे ।
उनले भनिन्, ‘सुजुकीको हरेक मोडल मलाई राम्रो लाग्छ, त्यसमा पनि उपहार पाउदा मलाई झन बढी खुशी लाग्यो ।’
सुजुकीको स्कुटर सस्तो, भरपर्दो र पाँच वर्षको वारेन्टीमात्र होइन तेल खपत हुने भएकोले पनि यो सर्वसाधारणका लागि उपयुक्त रहेको सञ्चालक भुजेलले जानकारी दिए । सञ्चालक भुजेलले सुजुकीको एक्ससेस स्कुटरले प्रतिलिटर ६४ किमी माइलेज दिने बताए । उनले भने, ‘बढी माइलेज दिने भएकैले पछिल्लो समय ग्राहकहरुको रोजाइमा सुजुकीको एक्ससेस स्कुटर परेको छ, सुजुकीको हरेक मोडलमा पाँच वर्षको वारेन्टी समेत रहेको छ ।’
सुजुकीले बजारमा लञ्च गरेका हरेक स्कुटर नया मोडलमा आउने भएकोले पनि सर्वसाधारणको रोजाईमा पनि सुजुकी नै परेको उनी बताउँछन् ।