धरानः धरानका केही युवाहरुले घर-जग्गाको बैंक घरमार्ट सञ्चालनमा ल्याएका छन् ।
नेपाल सरकारद्वारा मान्यताप्राप्त नेपालको सबैभन्दा ठूलो र नेपालभरी शाखा भएको घरजग्गाको बैंक घर मार्टको शाखा धरानमा सञ्चालनमा ल्याएको शाखाका प्रमुख विशाल पाँचकोटीले जानकारी दिए ।
नेपालभरी ३५ वटाभन्दा बढी शाखा रहेको मार्टको धरान कार्यालय धरान-१२ चतरााइन र धरान-८ बरगाछीमा रहेको उनले जानकारी दिए । उनका अनुसार घरमार्टमा घर–जग्गा खरिद बिक्री, घर-जग्गा कर्जा, घर निर्माण, इन्जिनियर सेवा, परामर्श सेवा, घरजग्गा भाडामा, घरजग्गा लगानी, घर मर्मत, हार्डवेयर सेवा साथै कानुनी परामर्श समेत रहेको उनले जानकारी दिए ।
मार्टमा शाखा प्रमुख पाँचकोटीसहित सेल्स प्रमुख अनिष परियार, मार्केटिङ प्राविधिक प्रमुख योगेश ताम्राकार रहेका छन् । धरानमा घरमार्ट शाखाले घर जग्गाको त्रुटिरहित अन्यन्तै सहज तरिकाले भेरिफाइड प्रोप्रर्टीको मात्रै कारोबार गर्ने उनले बताए । घरमार्ट एप तथा वेभसाइट घरमार्ट धरान-१२ मा घरजग्गा तथा आफ्नो प्रोपर्टी लिष्ट आउन सकिनेछ भने शाखाले हाल निःशुल्क घर तथा जग्गाको डिजिटल मार्केटिङ गरी क्रेता र बिक्रेता बीचको सहज कारोबार गराउने उनले जानकारी दिए ।