Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित तीनजना समातिए

हाम्रो कोशी आवाज
बैशाख ४ २०७९, आइतबार
लागूऔषधसहित तीनजना समातिए

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
मे५ प ५६५ नम्बरको स्कुटीमा भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका–२ का २६ वर्षीय अमृत राई र २२ वर्षीय सन्तोष ढकाललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो ।
यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका–५ का २२ वर्षीय राजेश गुरुङ लागूऔषध ट्याब्लेटसहित पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध डाइजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बैशाख ४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend