Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुडिरहेको टयाक्टरबाट खसेर एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ५ २०७९, सोमबार
गुडिरहेको टयाक्टरबाट खसेर एकजनाको मृत्यु

धरानः ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ ।
झापाको दमक-४ जनचेतना टोलस्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टरबाट खसेर दमक-६ का १८ वर्षीय सुजन विकको मृत्यु भएको हो । बालुवा बोकेर गुडिरहेको को२त १७१ नम्बरको ट्रयाक्टरमा उनी काम गर्दै आएका थिए । गम्भीर घाइते भएका उनको उपचारको क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
आइतबार दिउँसो दुर्घटनामा गम्भीर घाइते विकको १२ः१५ बजे मृत्यु भएको हो । ट्रयाक्टरका साहु उर्लाबारी-५ बस्ने वर्ष ४४ को अशोक लिम्बू र चालक दमक-४ बस्ने वर्ष १८ को दीपेन कुरकोटी प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति: बैशाख ५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend