Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माटोको ढिस्कोले पुरिएर पूर्व प्रधानाध्यापकको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ५ २०७९, सोमबार
माटोको ढिस्कोले पुरिएर पूर्व प्रधानाध्यापकको मृत्यु

धरानः घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजनाको मृत्यु भएको छ ।
पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा स्थानीय मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी सोमबार बिहान ८ बजे शुभसाइतमा पूजा गर्ने क्रममा पुजारी स्थानीय ६५ वर्षीय गोपाल ढुङ्गानालाई माटोको ढिस्कोले पुरेको थियो ।
माटोमा पुरिएका ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी समेतको सहयोगमा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनी फिदिम सुखबोध सुखबोध मावि जोरसालका पूर्व प्रधानाध्यापक थिए । स्काभेटरको सहायताले खोज्ने क्रममा ४५ मिनेटपछि उनी भेटिएका थिए । उनी टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला परेका थिए । अस्पताल लगेपछि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।.घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बैशाख ५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend