Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जमरकट्टेल समुदायद्वारा सम्मान

हाम्रो कोशी आवाज
बैशाख ५ २०७९, सोमबार
जमरकट्टेल समुदायद्वारा सम्मान

विराटनगरः नयाँ वर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकट्टेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ ।
जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रीय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० वर्षभन्दा माथिका ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
विराटनगर–८ का कमलप्रसाद, बुद्धिमाता र निरकुमारी, इटहरी–४ का धर्मानन्द, कानेपोखरी–३ की धनकुमारी र नारायणप्रसाद कट्टेललाई सम्मान गरिएको हो । कार्यक्रममा समाजसेवी राजु जमरकट्टेलले उनीहरुलाई फूलमाला र दोसल्ला लगाइ सम्मानपत्र प्रदान गरे । अग्रजहरुले पुरयाएको योगदानको मूल्याङ्कन गर्दै नयाँ वर्षको अवसर पारेर सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका महासचिव थीरप्रसाद जमरकट्टेलले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए । जमरकटेल वंश एकता प्रतिष्ठानले प्रकाशन गरेको २०७९ सालको भित्तेपात्रो पनि सोही अवसरमा सार्वजनिक गरिएको छ ।
यसैबीच, जमरकट्टेल वंश एकता प्रतिष्ठानको अक्षयकोष वृद्धि र मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । जमरकट्टेलहरुको पुर्खौली स्थान सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ माझगाउँमा शिव मन्दिर निर्माण गर्न सर्वाधिक १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने विराटनगर निवासी राजु जमरकटेल र उनकी धर्मपत्नी विमलालाई सम्मान गरिएको छ । मन्दिर निर्माणमा सहयोग गर्ने अन्य दाताहरुलाई पनि कदरपत्र प्रदान गरिएको छ ।
यता, अक्षयकोष वृद्धिका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने ग्रामथान गाउँपालिका–८ तेतरियाकी तुलसादेवी जमरकट्टेललाई पनि सोही अवसरमा सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका सल्लाहकार कुमारमणी जम्मरकटेलले जानकारी दिए । कार्यक्रममा अक्षयकोष बृद्धिका लागि ऐच्छिक सहयोग गर्न प्रतिष्ठानका कोषाध्यक्ष दिव्यराज जमरकट्टेलले आव्हान गरेका छन् ।

प्रकाशित मिति: बैशाख ५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend