पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० वर्षीय हरि राई मृत अवस्थामा फेला परेका छन ।
गत बैशाख २ गते दिउँसो साथीहरुसँग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबी बेपत्ता भएका राईको खोजतलासको क्रममा सोमबार साँझमात्रै उनको शव भेटिएको हो ।
धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा लाश फेला परेको हो । मृतक राई स्वच्छन्द निर्माण सेवा प्रालिले निर्माण गर्दै गरेको कुम्मायक–५ लुम्वुघाटस्थित तमोर नदीमा पाँचथर–तेह्रथुम जोड्ने निर्माणाधिन पुलका कामदार हुन । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।