Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कानेपोखरीमा दुर्घटना, एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ६ २०७९, मंगलबार
कानेपोखरीमा दुर्घटना, एकजनाको मृत्यु

विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।
प्रदेश १–०२–००३ त ८२० नम्वरको ट्रयाक्टरले पैदल यात्री लेटाङ-५ का ८१ वर्षीय मानबहादुर राईलाई ठक्कर दिँदा घाइते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ–५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ६ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend