Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलको चक्कामा सल बेरिएपछि…

हाम्रो कोशी आवाज
बैशाख ७ २०७९, बुधबार
मोटरसाइकलको चक्कामा सल बेरिएपछि…

विराटनगरः मोटरसाइकलको चक्कामा सल बेरिन गई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकलमा युवतीको सल बेरिन पुगेको र युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी-८ बस्ने वर्ष २१ कि रेश्मा नेपाली रहेकी छिन् । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीस्थित भित्री ग्राभेल सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प २२०३ नम्बरको मोटरसाइकलमा सवार उनको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार रेश्माले लगाएको लेहेङ्गाको सल मोटरसाइकल पछाडिको चक्कामा बेरिन पुगेको र पछाडिको चक्कामा सल बेरिएर सडकमा लड्दा गम्भीर घाइते बनेकी उनको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
गम्भीर घाइते भई उपचारको लागि विराट नर्सिङहोम विराटनगर लगिएको र अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक प्रहरी चौकी मोराहाङ तेह्रथुम दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कार्यरत् प्रहरी जवान मोरङको ग्रामथान गाउँपालिका-७ बस्ने वर्ष ३० को निरजकुमार चौधरी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक चौधरीले टिपरले ठक्कर दिएको भनेको कारणले मोटरसाइकलभन्दा अगाडि जाँदै गरेको प्र१–०२–००१ख ८१०३ नम्बरको टिपर र चालक मोरङको बुढीगंगा गाउँपालिका-७ बस्ने वर्ष ३४ को हर्कबहादुर तामाङ इलाका प्रहरी कार्यालय सुन्दरहरैंचाको नियन्त्रणमा रहेको र यसबारेमा थप अनुसन्धान थालिसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend