Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किरात आत्मा पवित्र सेवालुङद्वारा पुराण लगाउने

हाम्रो कोशी आवाज
बैशाख ७ २०७९, बुधबार
किरात आत्मा पवित्र सेवालुङद्वारा पुराण लगाउने

बिर्तामोडः किरात आत्मा पवित्र सेवालुङ माङहिम निसामहीम पुराण आयोजक मूल समिति हल्दीबारी–१, गोलधाप (झापा) को आयोजनामा ५ दिने किरात आत्म पवित्र सेवा तथा पुराण कार्यक्रम सञ्चालन भएको छ ।
किरात आत्म पवित्र सेवालु मोहिम निसमादियद्वारा आयोजना गरिएको सो कार्यक्रम वैशाख ५ गते सोमबारबाट शुरु भएको हो भने कार्यक्रम बैशाख ९ गतेसम्म चल्ने लासुङसेमी सेवा पूजा पुराण समितिले जानाएको छ ।
किरात आत्म पवित्र सेवालु माहिम, निसामहिम पूजा समिति अध्यक्ष टिका पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी हल्दीबारी १ गोलधापका वडा अध्यक्ष त्रिलोचन सापकोटा, हल्दीबारी १ वडा सदस्य कुमारी विश्वकर्मा, हल्दीबारी १ गोलधाप नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य डम्बरसिंह सिन्धु, किरात हाल्साम सम्योक माङहीम अध्याय समाजसेवी टेकनाथ योङहाङ, श्री जन जागृति उच्च माध्यमिक विद्यालय गोलधापका प्रधानाध्यापक इन्दिरा चुँडाल, जग्गादाता पूर्णबहादुर लिङदेनको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा बञ्जा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिलमणि चापागाई, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष प्रकाश कार्की, नेकपा एमाले अध्यक्ष सोम सुवेदी, लिङदेन समाज गोलधाप समिति अध्यक्ष केसरसिंह लिङदेन, हाङसाम साम्योका मूल पुजारी चन्द्रकल योङहाङ लगायतले आफ्ना मन्त्ब्य राखेका थिए । उनीहरुले आफना किरा“त धर्म संगै अन्य धर्महरुको समेत सामान ब्यवहार गर्दे अघि बढने बताएका थिए । उनीहरुले सबैले आ आफनो धर्म मान्ने स्वतन्त्र अधिकार नेपालको संविधानले नै दिएको भन्दै सबैले आ–आफ्नो धर्म, संस्कार बचाउनुपर्नेमा जोड दिएका थिए ।
किरात धर्म गुरु मुहिगुम आसिमाङ लिङ्गदेन आत्मानन्द सेइङ्ग तथा गुरुमाता मुहिगुम आसिमामाङ्ग साब पवित्र हाङमा लिङ्देनबाट तथा अन्य किरा“त धर्मका विशेष गुरुहरुबाट ५ दिनसम्म चल्ने सो कार्यक्रम अन्तर्गत वैशाख ६ गते मंगलबार गालीश्राप बहन्ती साथै विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम हुनुका साथै वैशाख ७ गते बुधबार स्वागत सेवासहित विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, वैशाख ८ गते बिहीबार अष्टम महायज्ञ सेवा, पूजा, तथा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम र बैशाख ९ गते शुक्रबार माङसावार सँगै र पुराण समापन गर्ने कार्यक्रम तय भएका कार्यक्रमस्थलका जग्गदाता जग्गादाता तथा समाजसेवी पूर्णबहादुर लिङदेनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend