Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा गुडिरहेको ट्याक्टरबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ७ २०७९, बुधबार
सुनसरीमा गुडिरहेको ट्याक्टरबाट लडेर मृत्यु

सुनसरीः सुनसरीमा गुडिरहेको ट्याक्टरबाट लडेर एकजनाको ज्यान गएको छ ।
सुनसरीको रामधुनी-५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा एकजना घाइते समेत भएका छन् । मृत्यु हुनेमा झुम्का-३ का २८ वर्षीय अर्जुन ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त ८८१८ नम्बरको ट्याक्टरमा सवार झुम्का-३ का २८ वर्षीय अर्जुन र सोही स्थानका २७ वर्षीय जितेन सरदार गुडिरहेको ट्याकटरबाट लडेर घाइते भएका थिए । उपचारको लागि ऋषिदेवलाई विराट टिचिङ अस्पताल बिराटनगर तथा सरदारलाई स्थानीय मेडिकलमा लगिएको थियो ।
ट्याक्टरबाट लडी घाइते भएका ऋषिदेवको उपचारको क्रममा सोही अस्पतालमा बुधबार बिहान ४ बजे मृत्यु भएको हो । दुर्घटना मङ्गलबार दिउँसो भएको थियो । चालक र ट्याक्टर इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बैशाख ७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend