विराटनगरः लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१९ का ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले एक र्ष १० महिना २७ दिन कैद र एक लाख रुपैयाँ जरिवाना भई कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका राईको खोजतलासमा खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ परेका राईलाईसुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।