Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुटपिट गरी महिलाद्वारा महिलाको हत्या

हाम्रो कोशी आवाज
बैशाख ८ २०७९, बिहिबार
कुटपिट गरी महिलाद्वारा महिलाको हत्या

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट एकजना महिलाको मृत्यु भएको छ ।
गत बैशाख २ गते बिहान ८ बजे स्थानीय ५४ वर्षीया कुमारी काङ्बा लिम्बूले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाइते भएकी सार्कीको बिहीबार बिहान मृत्यु भएको हो ।
कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई पक्राउ गरेको हो । हत्या अभियोगमा पक्राउ परेकी लिम्बूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बैशाख ८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend