Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा किशोरको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ९ २०७९, शुक्रबार
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा किशोरको मृत्यु

बिर्तामोडः झापाको बाह्रदशी गाउँपालिका ३ स्थित चारपाने राजगढमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र२–०३–१९प १८६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा बाह्रदशी–२ बस्ने १९ वर्षीय दीपेश विष्ट मृत्यु भएको हो ।
छातीमा चोट लागी गम्भिर भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र उपचारका क्रममा शुक्रबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ९ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend