Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय चुनावका लागि एमालेको घोषणापत्र सार्वजनिक

हाम्रो कोशी आवाज
बैशाख ९ २०७९, शुक्रबार
स्थानीय चुनावका लागि एमालेको घोषणापत्र सार्वजनिक

धरानः नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटिएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको हो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा राखिएको एमालेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।
आजै सबै पालिका तहका पार्टी कमिटीले पनि आ–आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए । घोषणापत्रमा एमालेले रेल र जल यातायातको योजना अघि सारेको छ । ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, ठूला सहरहरुमा रेल, बस, र्यातपिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने, ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने’, घोषणापत्रमा भनिएको छ ।
त्यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने भनिएको छ । आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने घोषणापत्रमा भनिएको छ ।
प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने एमालेले बताएको छ । ‘सडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने’, घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ । यस्तै, एमालेले घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर प्रस्तुत गरेर आफू सरकारमा हुँदा गरेको जस लिन खोजेको छ ।
आजै एमालेका सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
एमालेले सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिकादेखि जनप्रतिनिधि शासक होइन जनताका सेवक हुनेछन् जस्ता नाराहरू अघि सारेको छ । शुक्रबार सार्वजनिक एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रमा लेखिएको छ, ‘हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन् ’ं
घोषणापत्रमा एमाले नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमूना बन्ने जिकिर गरिएको छ । यस्तै, जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने उल्लेख छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेले कम्युनिस्ट आन्दोलनमा विभिन्न क्षेत्रबाट योगदान गर्ने १७ जना योद्धालाई सम्मान समेत गरेको छ ।

प्रकाशित मिति: बैशाख ९ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend