Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभाको १० वटै पालिकामा एमालेद्वारा उम्मेद्वारको टुङ्गो, को को आए ?

हाम्रो कोशी आवाज
बैशाख ९ २०७९, शुक्रबार
संखुवासभाको १० वटै पालिकामा एमालेद्वारा उम्मेद्वारको टुङ्गो, को को आए ?

धरानः आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले संखुवासभाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ ।
सदरमुकामको खाँदबारी नगरपालिका नगर प्रमुख र उपप्रमुख जीतबहादुर घिमिरे र महेश्वर बज्राचार्य छनौट भएका छन् ।
यस्तै, धर्मदेवी नगर प्रमुख उदयचन्द्र पौडेल, मादी नगरपालिका जीवन लिङ्थेप मादी, चैनपुर नगरपालिका कृष्णकुमार तामाङ र पाँचखपन नगरपालिका नगरप्रमुखमा हिन्दुकुमार राई उम्मेदवार छनोट गरेको छ ।
त्यस्तै, मकालु गाउँपालिका अध्यक्षमा भरत कटुवाल, भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटे, चिचिला गाउँपालिका रामबहादुर गुरुङ, सिलिचोङ गाउँपालिका खड्गनन्द राई र सभापोखरी गाउँपालिकामा पुरानै अध्यक्ष रत्न सुब्बालाई दोहो¥याएको छ ।
त्यसैगरी, पाँचखपन नगर उपप्रमुखमा अनिता न्यौपाने, चैनपुरमा एलिना श्रेष्ठ, मादीमा सुनिता दाहाल र धर्मदेवीमा लक्ष्मी गिरी चयन भएको नेकपा (एमाले)ले जनाएको छ । भोटखोला गाउँपालिका उपप्रमुखमा सहाना लामा, मकालुमा चमेली राई, चिचिलामा विष्णुमाया राई, सिलिचोङमा मेनुका राई र सभापोखरीमा सबिता कालाखेतीलाई उम्मेदवार छनौट गरेको छ ।
सभापोखरीका रत्न सुब्बा र मकालुकी चमेली राई २०७४ को निर्वाचनमा निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।
गठबन्धनले भने अहिलेसम्म उम्मेद्वार टुङग्याइसकेको छैन ।
कांग्रेसले पाँच नगरपालिकाहरुमा मात्रनगर प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ। कांग्रेसले खाँदबारी नगरपालिका नगर प्रमुखमा महेश थपलियालाई उम्मेदवार बनाएको छ । त्यस्तै, चैनपुर नगरपालिकामा नगरप्रमुख ज्ञानबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ ।
धर्मदेवी नगरपालिका नगर प्रमुख थलकुमार लिंखालाई उम्मेदवार बनाएको छ । पाँचखपन नगरपालिको नगरप्रमुख विपिन राईलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रको संखुवासभाले १० स्थानीय तहमध्ये एक स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सतारुढ पाँच दलको गठबन्धन नहुने भएपछि माओवादीले केन्द्रले खाँदबारी नगरपालिकाको मेयर उपमेयरका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
माओवादीले खाँदबारी नगरपालिका मेयरमा दिब्यराज बराल र उपमेयरमा मालती भण्डारी (राई) लाई बनाउने निर्णय गरेको माओवादी केन्द्र संखुवासभाका संयोजक टेकमान राईले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ९ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend