Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित एकजना समातिए

हाम्रो कोशी आवाज
बैशाख ९ २०७९, शुक्रबार
ब्राउन सुगरसहित एकजना समातिए

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका-२ का ३६ वर्षीय राजु महर्जन रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका महर्जनको साथबाट १० ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र नाइट्रोसन २० चक्की बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका महर्जनको मोरङ जिल्ला अदालतबाट लागूऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ९ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend