इटहरीः इटहरीमा एक किशोरमाथि कुटपिट हुँदा मृत्यु भएको छ ।
शुक्रबार राति विवाह उत्सव चलिरहँदा कुटपिट हुँदा किशोरको ज्यान गएको हो । इटहरी–६ स्वागत टोलमा विवाह उत्सव चलिरहँदा युवाहरुबीच विवाद भएको थियो । विवादको क्रममा कुटपिट गर्दा भारतको बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विवादकै क्रममा पटेलमाथि कुटपिट भएपछि गम्भीर घाइते भएका उनको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । कुटपिटमा संलग्न तीनजनालाई घटनास्थलबाटै पक्राउ गरिसकेको उनले जानकारी दिए । पक्राउ पर्नेमा इटहरी–६ कै २२ वर्षीय विमोचन विष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह छन् ।
उनका अनुसार चोरीको विषयमा मृतक र तीनजनाबीच विवाद भएको कुटपिट भएको पाइएको उनले जानकारी दिए ।