Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित एक युवती र दुईजना पुरुष समातिए

हाम्रो कोशी आवाज
बैशाख १० २०७९, शनिबार
लागूऔषधसहित एक युवती र दुईजना पुरुष समातिए

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट दुईजना र मेचीनगर नगरपालिका–६ काकडभिट्टाबाट एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१० स्थित राजमार्गमा डब्लुबी ७४ वाई ७७८२ नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटर चालक मेचीनगर–६ का ३२ वर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ वर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागूऔषध नाइट्रोजन १० –९५ चक्की र पाइभोन स्पास प्लस २०८ क्याप्सुल फेला परेको हो ।
यसैगरी शनिबार बिहान सवा १० बजे काकडभिट्टास्थित मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुढानिलकण्ठ नगरपालिका–२ काठमाण्डौका ३९ वर्षीय मोहनबहादुर पाइजा मगरको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका तीनैजनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend