विराटनगरः मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
को२त २८३२ नम्वरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएका पैदलयात्री रतुवामाई नगरपालिका–९ का ४२ वर्षीय दिनेश भण्डारीलाई तत्काल उपचारको लागि स्थानीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारे पुरयाउनासाथ मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक पथरीशनिश्चरे–२ का अमृत लिम्बूलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।