धरानः सुनसरीको बराहक्षेत्र-४ चतरा–झुम्का सडकमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
चतराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बसका मालिक बराहक्षेत्र–१ का ४० वर्षीय सरोज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता नगेन्द्र कार्कीले जानकारी दिए ।
दुर्घटनामा १० जना घाइते समेत भएका छन् । आफै अनियन्त्रित भई चतरा–झुम्का नहरको पिडारी पुलमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका मालिक खड्काको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा शनिबार साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक बराहक्षेत्र–१ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । दुर्घटना शनिबार दिउँसो भएको प्रहरलिे जनाएको छ ।