Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सात दिनपछि मृत भेटिए प्रहरी हवल्दार

हाम्रो कोशी आवाज
बैशाख १२ २०७९, सोमबार
सात दिनपछि मृत भेटिए प्रहरी हवल्दार

पाँचथर: बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका-१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् ।
पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । ३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए । उनको हत्या कि आत्महत्या हो भन्ने खुल्न बाँकी रहेको डीएसपी थापाले बताए । यासोक बजारमा लाग्ने त्रिसाली मेलामा शान्ति सुरक्षार्थ खटिएका श्रेष्ठ बैशाख ३ गतेदेखि हराइरहेका थिए ।

प्रकाशित मिति: बैशाख १२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend