Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कारको ठक्करले एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १४ २०७९, बुधबार
कारको ठक्करले एकजनाको मृत्यु

विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७–च २२६६ नम्बरको कारले पूर्वबाट हाइवेतर्फ जाँदै गरेको मे२प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक बुढीगंगा–२ बगवनका ३० वर्षीय शोभा राजवंशी घाइते भएका थिए ।
घाइते भएका राजवंशीको उपचारको लागि विराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । कार र चालक धनुषा जनकपुर–७ का २९ वर्षीय शैलेन्द्रप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख १४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend