सोलुखुम्बुः सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ ।
स्थानीय ७० वर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्किँदा घाइते भएका थिए । विमानस्थल सुरक्षा गार्ड काङ्गेलको प्रहरी टोली खटी गई तत्काल उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको छ ।