विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ ।
एक महिना अगाडिबाट लोड गरी राखिएको को२त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानीय ३८ वर्षीय कृष्ण मुखिया घाइते भएका थिए ।
घाइते भएका मुखियाको स्थानीय अस्पतालमा उपचारपश्चात घर आएकोमा राति नै मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।