धनकुटाः धनकुटाको चौबिसे गाउँपालिका–५ का ४५ वर्षीय प्रकाश माझीको माछा माछा मार्ने क्रममा तमोर नदीमा डुबेर मृत्यु भएको छ ।
बुधबार अपराहन ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, खोलामा पौडी खेल्ने क्रममा बालकको मृत्यु भएको छ ।
संखुवासभाको पाँचखपन नगरपालिका–३ बस्ने चन्द्रशेखर राईको १२ वर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।