सुनसरीः सुनसरीको हरिनगरा गाउँपालिका–४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२३प ६६६७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को१ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४९ वर्षीय प्रदीप साह घाइते भएका थिए ।
घाइते भएका साहलाई उपचारको लागि नोवेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक विराटनगर–१ का ३३ वर्षीय मोहमद रेम अन्सारीलाई इलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।