Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुलको भवनबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २३ २०७९, शुक्रबार
स्कुलको भवनबाट लडेर मृत्यु

इलामः इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधीन भवनबाट लडेर एकजनाको मृत्यु भएको छ ।
विद्यालयको चारतले निर्माणाधीन भवनको माथि टिन (टस) लगाउने क्रममा भुइँमा झरी घाइते भएका बारा जितपुर नगरपालिका–५ गकुलियाका २५ वर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा बुधबारेस्थित सिटी हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend