Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलका विद्यार्थी दीक्षित

हाम्रो कोशी आवाज
बैशाख २३ २०७९, शुक्रबार
धरानको सियोन स्कुलका विद्यार्थी दीक्षित

धरानः धरान-१६ स्थित सियोन स्कुलमा दीक्षान्त समारोह आयोजना भएको छ ।
पहिलोपल्ट यस्तो कार्यक्रम राखिएको स्कुलका निर्देशक खड्गबहादुर थापा मगरले जानकारी दिए । कार्यक्रममा ३६ जना विद्यार्थी दीक्षित भएका थिए । कार्यक्रममा निर्देशक थापा मगर, प्लस टु कोअर्डिनेटर अनुप अग्रवाल, भाइस प्रिन्सिपल राकेश चौधरीले विद्यार्थीलाई दीक्षित गरेका थिए । दीक्षित विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाण–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै निर्देशक थापा मगरले सियोन स्कुलले गुणस्तरीय शिक्षासँग अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको बताए । उनले यस वर्षदेखि अझै फरक तरिकाले विद्यालय सञ्चालन गर्ने योजना रहेको समेत बताए । कार्यक्रममा स्कुलका डिआइ प्रकाश तामाङले बालबालिका सप्रिनुका साथै प्रतिभावान हुनका लागि अभिभावकको पनि भूमिका रहेको बताए । उनले अभिभावकले खेल्नुपर्ने भूमिकाका बारेमा प्रकाश पारेका थिए ।
सियोनमा प्ले गु्रपदेखि कक्षा–१२ सम्म अध्ययन अध्यापन हुने गरेको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख २३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend