Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णुपादुकामा गठबन्धनको आश्वासन

हाम्रो कोशी आवाज
बैशाख २४ २०७९, शनिबार
धरानको विष्णुपादुकामा गठबन्धनको आश्वासन

धरानः धरानको वडा नं. २० को विष्णुपादुकामा भएका कृषि उपजको बजारीकरण धरान २० मै केन्द्रित गर्ने मेयरका उम्मेदवार किशोर राईले बताएका छन् ।
धरानको वडा नं. २० मा लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै यस विषयमा गम्भीर ध्यान पुरयाइने उनले बताए । उनले स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रभावकारी रूपमा बजारीकरणमा जोड दिने बताए । विशेष गरेर युवाहरूलाई ठाउँ विशेषअनुसार उत्पादन क्षेत्रमा संलग्न हुन प्रोत्साहन गर्नुपर्ने उनले बताए । घरदैलो कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै उनले भने अब धरान–२० को कृषकहरूले आफ्नो उत्पादनको बजार खोज्न धरान भानुचौक झर्नु नपर्ने बताए । अब यस क्षेत्रको उत्पादनलाई बढवा दिएर सो उत्पादनको बजार यही ठाउँमा हुनुपर्नेमा आफ्नो जोड रहने उनले बताए ।
घरदैलो कार्यक्रम निकै उत्साहजनक भइरहेको बताउँदै धरान २० ले विकास र समृद्धिको पक्षमा मत हाल्न तयार भएको भन्दै उक्त भेलामा उपस्थित जनसमुदायलाई धन्यवाद दिए । यसै गरेर यस क्षेत्र कृषिसँगै पर्यटनको सम्भावना बोकेको भूगोल भएकोले यस क्षेत्रका सम्भावित पर्यटन क्षेत्रलाई विकास गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने उनले प्रतिबद्धता जाहेर गरे । धरान २० को कृषि क्षेत्रको विकाससँगै भौतिक पूर्वाधार निर्माणको सवालमा भने पहिलो प्राथमिकतामा राखिने राईले बताए । उनले भने यस वडाको सडक विस्तारमा स्तरोन्नति गरी यहाँको जनतालाई धरानको सुविधासँग नजिक बनाउने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा उपमेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले धरान–२० लाई पर्यटनसँग जोड्न सके धरानको विकासमा टेवा पुग्ने बताए । उनले केन्द्रीयस्तरसम्म आफूहरुको पहुँच रहेकोले यहाँको विकासका लागि मरिमेट्ने बताए ।

 

प्रकाशित मिति: बैशाख २४ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend