Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २६ २०७९, सोमबार
दुर्घटनामा दुईजनाको मृत्यु

धरानः सुनसरीमा ट्रकको ठक्करले एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोशी गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय इस्राफिल आलम मियाँको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मियाँको मृत्यु भएपछि स्थानीयबासीले ट्रकमाथि तोडफोड गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग सडक खण्ड समेत अवरोध गरेका थिए । कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र–२–०३–००१ ख २७२४ नम्बरको सिमेन्ट बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा को१९प ३८७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रक चालक हेटौडा मकवानपुर–१२ बस्ने ४७ वर्षीय देवेन्द्रप्रसाद थापा जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको थियो ।
यस्तै, उदयपुरको त्रियुगा–३ भुल्के आर्मी ब्यारेकअगाडि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मोतिगडाबाट जोगीदहतर्फ जाँदै गरेको प्र१–०५–००१ प.४४६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा–१ जोगीदह बस्ने १८ वर्षीय अविशेक चौधरीको मृृत्यु भएको हो । घाइते बनेका चौधरीको विभिन्न भागमा चोट लागेको थियो । टाउकोमा समेत गहिरो चोट लागेका उनको उपचारको क्रममा अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend