Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जेम स्कुलमा पुरस्कार वितरण

हाम्रो कोशी आवाज
बैशाख २९ २०७९, बिहिबार
धरानको जेम स्कुलमा पुरस्कार वितरण

धरानः धरान-१८ स्थित जेम आवासीय माविमा पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा महेन्द्र क्याम्पसका लेक्चर तथा धरान मोडल कम्पनकिा डाइरेक्टर जीवन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जेम स्कुलका चेयर पर्सन डाइरेक्टर राजेन्द्र खड्काले गरेका थिए ।
कार्यक्रममा नर्सरीदेखि कक्षा–९ सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वेष्ट विद्यार्थी, स्कोलरसीप टपर, स्टुडेण्ट अफ दि इयर, टिचर अफ दि इयर, नेट एण्ड क्लिन स्टुडेण्टलगायत कक्षागत पुरस्कार प्रदान गरिएको प्रिन्सिपल हरिहर कोइरालाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै उनले गुणस्तरीय शिक्षामा जेम स्कुलले जोड दिँदै आएको बताए । ‘धरान मोडल कम्पनीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर अवधारणा अघि बढाएर लागेका छौं’, उनले भने, ‘त्यहीअनुसार जेममा पनि गुणस्तरीय शिक्षा दिन लागिपरेका छौं ।’ उनले बालबालिकालाई समय दिएर अभिभावकहरु लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल हरिहर कोइरालाले अभिभावकको ‘सपोर्ट’ ले आफूहरुले विद्यालयलाई अझ मजबुत र गुणस्तरीय शिक्षा दिन लागिपर्ने बताए । ‘हामी हिजोभन्दा आज राम्रो बनाउने उद्घोष गर्दछौं’, उनले भने, ‘यसका लागि अभिभावकको सपोर्ट चाहिन्छ ।’
कार्यक्रममा चेयर पर्सन डाइरेक्टर राजेन्द्र खड्का, धरान मोडल कलेजका प्रिन्सिपल प्रविन राई, जेम स्कुलकी भाइस प्रिन्सिपल ज्योति राईलगायतले विद्यार्थीलाई विभिन्न विधाका पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थी, शिक्षिकालगायतले नृत्य पस्किएर मनोरञ्जन दिएका थिए भने विद्यार्थीले गीत समेत गाएका थिए ।
तस्वीरहरुः एन्जिना राई, हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख २९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend