Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा व्यावहारिक शिक्षामा जोड दिँदै लिवर्टी

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७९, बुधबार
धरानमा व्यावहारिक शिक्षामा जोड दिँदै लिवर्टी

धरानः धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलले विशेषतः व्यावहारिक शिक्षामा जोड दिँदै अघि बढेको छ । शैक्षिक प्रणाली, संस्कार, रहनसहन, संस्कृति, वातावरण र समाज चिनाउन विद्यालयले भूमिका खेलेको प्रिन्सिपल भगत लिम्बू बताउँछन् ।
एनप्याब्सनका अध्यक्ष समेत रहेका लिम्बूले भने, ‘‘नेपालमा शिक्षणशैली परिवर्तन हुँदै गए पनि व्यावहारिक शिक्षा नहुँदा नेपालको सैद्धान्तिक शिक्षाले मात्रै विश्व बजारमा प्रतिस्पर्धा गर्न कठीन अवस्था छ, उनीहरुलाई समाजसँग जोड्ने खालको शिक्षामा बढीजसो फोकस गरिरहेका छौं ।
‘योग्य शिक्षक, नैतिक र व्यावहारिक शिक्षा नै लिवर्टीको विशेषता हो,’ उनी भन्छन् । बाहिरी भौतिक संरचना मात्रै होइन, शैक्षिक गतिविधि पनि उत्कृष्ट रहेको उनको भनाइ छ ।
पछिल्लो समय केही विद्यालयले शतप्रतिशत नतिजा प्रकाशन गरेको दाबी गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गर्छन् । तर, उनी भन्छन्, ‘लिवर्टीले शतप्रतिशत नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन गर्नु मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्नु होइन । अध्ययनपश्चात् विद्यार्थीहरू कहाँ के गरिरहेका छन् भन्ने पक्षमा आधारित हुन्छ । गुणस्तरीयता सीपसहितको शिक्षा हो ।’
नेपालको शिक्षा प्रणाली राम्रो हुँदा हुँदै व्यवहारमा उतार्न नसकेकै कारण अगाडि बढ्न नसकेको उनको तर्क छ । पछिल्लो समय विद्यार्थीहरू आत्मनिर्भर बन्दै गएको उनी बताउँछन् । ‘विद्यार्थीलाई पढ भनिरहनुपर्दैन । विद्यार्थीहरूले निश्चित उद्देश्य लिएर पढिरहेका हुन्छन् । उनीहरूले समयको महत्व बुझेको महसुस गरेको छु । उनीहरू भविष्यको योजनामा दृढ छन्,’ उनी भन्छन् । व्यावहारिक तथा सीपमूलक शिक्षाका लागि खुला वातावरण आवश्यक हुन्छ । यस्ता कुराले पाठ्यक्रमको उद्देश्य पूरा गर्न, विद्यार्थीमा सकारात्मक सोच तथा चिन्तन विकास गर्न र उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ ।
लिवर्टीले विशेषतः कमजोर नानीहरुलाई कसरी अघि बढाउने भनेर लागिपरेको सञ्चालकमध्येका तेजमान लिम्बूले जानकारी दिए । उनले आगामी वर्षदेखि प्लस टु सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
लिवर्टीबारेको भिडियो रिपोर्ट हेरौं र प्रिन्सिपल, शिक्षकको भनाइ हेरौं, सुनौंः

प्रकाशित मिति: जेष्ठ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend