Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२८ लाख बढीको अवैध सुनसहित एकजना समातिए

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७९, बिहिबार
२८ लाख बढीको अवैध सुनसहित एकजना समातिए

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धीरेन्द्र जैसीलाई अवैधरुपमा नेपाल भित्रयाउँदै गरेको सुनसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पदरुपमा पैदल भारतबाट नेपालतर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मूल्य अनुसार २८ लाख ८७ हजार १८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो ।
सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend