धरानः धरान उपमहानगरपालिका परिसरमा नवनिर्वाचित उपमेयर अइन्द्रविक्रम बेघा पुग्दा कर्मचारीहरुले स्वागत गरेका छन् ।
उपमेयरको कार्यकक्षमा पुगेर नवनिवार्चित उपमेयर बेघाले पदभार ग्रहण गरेका छन् । सपथ ग्रहणपछि बेघाले उपमहानगरपालिकाको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनले पदभार ग्रहण गरेसँगै असहाय, अशक्त, महिला तथा बालबालिका र अपाङ्ग वर्गको लागि शिघ्र इजलास सञ्चालन गर्ने पहिलो निर्णय पनि गरेका छन् । न्यायिक समितिमा त्यस्ता वर्गलाई द्रुत सेवा दिनको लागि यस्तो निर्णय गरिएको हो । उपमेयर बेघाले निवेदकले निवेदन दिनेबित्तिकै विपक्षीलाई झिकाएर इजलाशमा पेश गर्ने निर्णय गरेका छन् ।
उनले पदभार ग्रहणपछि बोल्दै धराने जनताको समग्र विकासका लागि आफू तल्लिन भएर लागिपर्ने पनि बताए । ‘सबै जनताको भावनालाई बाँड्दै विकास निर्माणमा आग्रह वा पूर्वाग्रह नराखी काम गर्छु भन्ने बचन दिन चाहन्छु ।’ उनले भने ।
तस्वीरहरुः लक्ष्मण थापा














