Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बसको ठक्करले प्रहरी र म्यादी प्रहरीको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७९, बुधबार
बसको ठक्करले प्रहरी र म्यादी प्रहरीको मृत्यु

बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय प्रकाश राई र षडानन्द नगरपालिका–८ भोजपुरका २५ वर्षीय पिचोहाङ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नबम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को१ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार उनीहरुको मृत्यु भएको हो । पिचोहाङ म्यादी प्रहरीले रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ४५ वर्षीय टेकबहादुर पुरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ११ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend