Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हजुरआमाको हत्या गरेको आरोपमा नाति समातिए

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७९, बिहिबार
हजुरआमाको हत्या गरेको आरोपमा नाति समातिए

धरानः उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान ६ बजे हजुरआमा र नातीबीच जग्गा अंश बण्डाको विषयमा वादविवाद भई झै–झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पूरा गरी शव परिक्षणको लागि कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend