Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको होटलमा ल्याएर प्रिन्सिपलद्वारा छात्रामाथि बलात्कारको आरोप

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७९, बिहिबार
धरानको होटलमा ल्याएर प्रिन्सिपलद्वारा छात्रामाथि बलात्कारको आरोप

धरानः धरानमा ल्याएर एक स्कुलका प्रिन्सिपलले छात्रामाथि बलात्कार गरेको आरोप लागेको छ ।
आफ्नै छात्रामाथि बलात्कारको आरोपपछि सुनसरीबाट फरार भएका उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । तत्कालीन प्रिन्सिपल राज खड्का भन्ने राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको इटहरीस्थित ब्लुमिङ लोटस इङलिस स्कुलका प्रिन्सिपल रहेका खड्काले प्रिन्सिपल हुँदा उनले आफ्नै स्कूलमा पढ्ने छात्रालाई बिरामी भएको बेला जबरजस्ती करणी गरेको आरोप छ । १५ वर्षीय छात्रालाई २०७४ साउन २६ गते बलात्कार गरेको ती पीडितले बताएकी छन् ।
उनले धरानस्थित घोपा क्याम्प जाने बाटोमा पर्ने जनहीत गेस्ट हाउसमा ल्याएर जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।
इटहरी–५ मा रहेको स्कुलमा छँदा उनले छात्रालाई बलात्कार गरेको आरोप छ । बलात्कार गरेको आरोपमा उनीविरुद्ध २०७५ भदौ २ गते ती छात्राले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि उनी सुनसरीबाट फरार भएका थिए । सुनसरीबाट फरार भएका उनी काठमाडौंमा बस्दै आएको खुलेको छ । छात्रालाई विवाह गर्छु भनी फकाउँदै बलात्कार गरेको पीडितको भनाइ छ । छात्रालाई बिरामी भएको अवस्थामा उपचार गर्न जाऔं भनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएर गेष्ट हाउसमा राखी बलात्कार गरेको उनीमाथि आरोप लागेको छ ।
धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार पक्राउ परेका खड्कालाई धरान ल्याउने तयारी भइरहेको र ल्याएर जिल्ला अदालत सुनसरीमा बुझाइनेछ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जबर्जस्ती करणीको कसुरमा अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: जेष्ठ १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend