Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको महेन्द्र क्याम्पसमा व्यापार मेला लाग्ने

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७९, बिहिबार
धरानको महेन्द्र क्याम्पसमा व्यापार मेला लाग्ने

धरानः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ ।
आगामी जेठ १८ गते बुधबारका दिन ब्यापार प्रदर्शन मेला आयोजना हुने आयोजकले जनाएको छ । नेपाल बैंक लिमिटेडद्वारा प्रायोजित कार्यक्रममा साना तथा मझौला व्यवसायको उत्पादन प्रदर्शन तथा प्रचार गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । मेलामा ५० वटा स्टल रहने आयोजकले जनाएको छ ।
प्राविधिक क्षेत्रका विभिन्न सुरुवाती व्यापारहरु समेत प्रदर्शन तथा प्रवद्र्धन गर्ने लक्ष्यसाथ मेला आयोजना गर्न लागिएको क्याम्पस प्रमुख दामोदर भण्डारीले जानकारी दिए । व्यापार मेलामा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैंक तथा वित्तीय संस्था, साना तथा मझौला ब्यापार , स्थानीय ब्यापारी लगायतका ५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको विद्यार्थी युनेश भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend