Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्वतन्त्र पत्रकार संघ मोरङमा पराजुली

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७९, शुक्रबार
स्वतन्त्र पत्रकार संघ मोरङमा पराजुली

विराटनगर: स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पोख्रेल छन् ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्डारीको उपस्थितिमा भएको भेलामा संघका केन्द्रीय सदस्यद्वय महानन्द सापकोटा, महाप्रसाद खतिवडा, मोरङ शाखाका संस्थापक सदस्य उद्धव घिमिरे, प्रदेश नम्वर १ का संयोजक एवं मोरङ अध्यक्ष विजय खतिवडालगायतको उपस्थिति थियो ।
संघको केन्द्रीय अधिवेशन यही जेठको २१ र २२ गते दुई दिन नवलपरासीको मौलाकालीमा हुने भएकोले प्रतिनिधिहरुसमेत छनोट गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend